म कुनै खराबीसॅग डराउने छैन

जब म भविष्यमा संयुक्त राज्य अमेरिका कस्तो बनाउने भन्ने बारेमा सोच्दछु, मेरो दिमागमा पहिलो आउने देश हो नेपाल। नेपाल अथाह बुद्धिमताले आशिषीत एक प्राचीन देश हो। नेपालसँग संसारका कुनै पनि पैसा तथा सुन भन्दा बढी बहुमूल्य संस्कृति छन् जसले वस्तु र सम्पत्ति भन्दा ज्ञान र बुद्धिलाई बढी महत्व दिन्छ। यो यस्तो मानिस हरूको देश हो जो प्राक्रितिक सून्दरताले प्रफुल्लित भएर बाॅच्दछन्, साथै परिवार र साथिहरुको पवित्र प्रेमको अर्थ बुझ्दछन् र दैनिक जीवन को अनूभूति बाट पूर्ण सन्तुष्टी प्राप्त गर्दछन।

संयुक्त राज्य अमेरिकाको समस्या को लागि चाहिने एक उपचार नेपालमा पाउन सकिन्छ । हाम्रो देश उपभोक्तावाद र अहंमताले दूखित भएर छिन्न भिन्न भएको छ।खर्चालु वैदेशिक युद्धबाट अपाङ्ग भएको छ, साथै स्वादिष्ट बजेट लाई रसोस्वादन गर्न झगडा गर्ने सैनिक प्रहरिले देश को शिर निहुर्याएका छन् । यस्तो समस्या को उपचार वास्तवमा त्यस्तो ज्ञान हो जुन नेपालमा पाइन्छ । यस्तो ज्ञानहरु किनेर पनि किन्न सकिॅदैन।

नेपाल परमात्मा र देवताहरूको पावन भूमि हो, जून भूमिमा उच्च  हिमश्रृँखला हरू पवित्र छहरा हरु एवंम सेवारूपि अति दयालु हृदय हरु पाउन सकिन्छ । नेपाल कहिल्यै कसैको उपनिवेश भएन, भ्रष्ट संस्कृतिको आदान प्रदान, जीवन बिगार्ने उपभोक्तावादमा र निजत्वमा मात्रै विस्वास गर्ने सोचाईमा कहिल्यै सहभागि भएन जसले जीवनहरू नासिन सक्थ्यो ।

नेपालका हिमालहरू कसैको स्वामित्वमा छैनन् । बरू हिमाल  र नदीहरूको स्वामित्वमा नेपालीहरू छन्। बरू हिमाल  र नदीहरूको स्वामित्वमा नेपालीहरू छन्। बरू हिमाल  र नदीहरूको स्वामित्वमा नेपालीहरू छन्। सम्भवत हामीले  नेपालबाट धेरै सिक्न सक्छौं र हाम्रो मानवतालाई पुनर्जीवित गराउन सक्छौं ।